पोखरामा माओवादी केन्द्रको प्रशिक्षण सुरु

पाेखरा | जेठ २८, २०७९

पोखरामा माओवादी केन्द्रको प्रशिक्षण सुरु

कास्की:  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पोखरामा वैचारिक, राजनैतिक प्रशिक्षण तथा नवनिर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

 

स्थानीय तह निर्वाचनको समिक्षासँगे गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आज (शनिबार) देखि सुरु भएको हो ।

 

पोखरा १० स्थित भमरकोट पार्टी प्यालेसमा दुईदिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रशिक्षण दिनेछन् ।  भने उक्त कार्यक्रमलाई शिर्ष नेता देव बहादुर गुरुङ, नारायणकाजी श्रेष्ठ, देबेन्द्र पौडेल लगायतले सम्बोधन गर्नेछन् ।

 

गण्डकी प्रदेशको ११ वटै जिल्लाको प्रतिनिधिहरुको उपस्थितिमा सञ्चालित कार्यक्रममा प्रत्येक जिल्लाबाट नवनिर्वाचित जनप्रतिनिधि तथा अगुवा कार्यकर्ताले स्थानीय तह निर्वाचनको मतपरिणामको बारेमा बोल्नेछन् । त्यसपश्चात शिर्ष नेता तथा प्रचण्डले सम्बोधन गर्नेछन् ।
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्